Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जाजरकोटमा ढुंगा लागेर एक जनाको मृत्यु

जाजरकोटमा ढुंगा लागेर एक जनाको मृत्यु

काठमाडौँ । चुनिचाँदे गाउँपालिका–१० लमरा निवासी नरबहादुर रोकायको ढुंगा लागेर मृत्यु भएको छ।

बाख्रा चराउन जंगल पुगेका उनलाई भिरको माथिल्लो भागबाट खसेको ढुंगा टाउकामा लागेर गम्भीर चोट लागेको थियो। घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लगिए पनि उनको ज्यान जोगिन सकेन।

नेपालगन्ज मेडिकल कलेज मा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

स्थानीय बेगवान बस्नेतका अनुसार घटना लगत्तै रोकायलाई अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकको प्रयास सफल हुन सकेन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।