Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसले आइतबार (फागुन ३)का निम्ति तय गरेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको छ । केही प्राविधिक समस्याका कारण उक्त प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । 

“केही प्राविधिक कारणहरू छन्, जसको कारण भोलि (आइतबार)को कार्यक्रम स्थगित भएको छ,” चालिसेले भने, “तत्काल सार्वजनिक गर्ने गरी हामी जानकारी गराउनेछौँ ।”

कांग्रेसले फागुन ६ गते जनकपुरमा चुनावी सभा आयोजना गर्दै छ । पहिलो चुनावी सभामा जानुअघि घोषणापत्र सार्वजनिक गरिसक्ने तयारी रहेको कांग्रेसले जनाएको छ ।