Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेनजी यूवासँग कुन्तीदेवी पोख्रेलको अन्तरक्रिया : ‘यूवालाई उद्यमशील र स्वरोजगार बनाउँने नीतिमा जोड दिन्छु’

जेनजी यूवासँग कुन्तीदेवी पोख्रेलको अन्तरक्रिया : ‘यूवालाई उद्यमशील र स्वरोजगार बनाउँने नीतिमा जोड दिन्छु’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं काठमाडौं क्षेत्र नंबर २ का उम्मेदवार कुन्तीदेवी पोख्रेलले यूवालाई उद्यमशील र स्वरोजगार बनाउँने नीतिमा आफूले जोड दिने बताएकी छिन् । शनिवार काठमाडौंको तिनकुनेमा जेनजी यूवा समूह यूनाइटेड यूथ–३२ ले गरेको काठमाडौं क्षेत्र नंबर २ का उम्मेदवारसँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यूवाशक्तिलाई स्वदेशमै राख्नका लागि उद्यम र स्वरोजगारका कामलाई जोड दिने उल्लेख गरिन । 

हाम्रो भविष्य, हाम्रो सवाल’ शीर्षकमा उम्मेदवारहरुसँग भएको अन्र्तक्रियामा उम्मेदवार पोख्रेलले शिक्षा स्वास्थ्य क्षेत्रमा हुने राजनीति हस्तक्षेप अन्त्य गर्नुपर्नेमा जोड दिइन । उनले देशका हरेक क्षेत्रलाई राजनीतिकरण नगरी व्यवसायीकरण गर्नुपर्नेमा जोड दि
एकी हुन । 

जेनजी यूवाले न्याय क्षेत्रमा भएको राजनीतिक हस्तक्षेपबारेको प्रश्नमा उनले  न्यायपालिकामा राजनीतिक नियुक्ति रोकेमात्रै न्यायपालिकाले स्वच्छ रुपमा न्याय दिन सक्ने उल्लेख गरिन ।  
उम्मेदवार पोख्रेलले देशमा अझै व्यवसाय गर्ने वातावरण बन्न नसकेको उल्लेख गर्दै आफू स्वयं व्यवसायी भएको बताइन । व्यापार व्यवसायीहरु अझै पनि आफ्नो उत्पादनले बजार नपाउँदा रोएर बस्नुपर्ने अवस्था रहेको बताउँदै स्वदेशी उत्पादनलाई बजार व्यवस्थापनको नीति आफ्नो प्राथमिकतामा पर्ने उनको भनाई थियो । 

उनले उदाहरण दिँदै भनिन–‘यहीँ कागेश्वरी मनोहरा नगरपालिकाले नेपाली स्यानेटरी प्याड बनाउँनेसँग खरिद गरेन । चाइनाबाट किनेर ल्याएर निःशूल्क बाँढ्ने काम गर्‍यो । त्यही नगरपालिकामा उत्पादन भएको स्यानिटरी प्याड बाँढियोस, उत्पादक महिलाको आँशु पुछियोस । देशमा कुनै सामान उत्पादन हुन्छ भने बिदेशबाट खरिद नगरी स्वदेशी उत्पादन नै प्रयोग गर्ने अवस्था बनाउँन जोड दिनुपर्छ ।’ यस्तै उनले देश धर्म सापेक्ष सनातन हिन्दू राष्ट्र हुनुपर्नेमा जोड दिइन । आफू निर्वाचित भएमा यूवालाई उद्यमतिर आकर्षण गर्ने, स्वरोजगारमुखी कार्यक्रम अघि बढाउन लागिपर्नेमा उम्मेदवार पोख्रेलले प्रतिबद्धता व्यक्त गरिन ।