Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हङ्गेरी पठाइदिने बहानामा ३ लाख ठगी गर्ने एक जना पक्राउ

हङ्गेरी पठाइदिने बहानामा ३ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । आकर्षक तलबसहित हङ्गेरी पठाइदिने प्रलोभन देखाएर रकम असुलेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएका दोलखा कालिन्चोक गाउँपालिका–४ का ५६ वर्षीय महेश तामाङ रहेका छन्।

पीडितबाट वैदेशिक रोजगारीको नाममा तीन लाख रुपैयाँ ठगी गरेको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शुक्रबार काठमाडौँ महानगरपालिका–१२ बाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।