Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राप्रपाको ‘संकल्पपत्र’ सार्वजनिक, २५ पृष्ठमा चुनावी एजेन्डा (पूर्णपाठ)

राप्रपाको ‘संकल्पपत्र’ सार्वजनिक, २५ पृष्ठमा चुनावी एजेन्डा (पूर्णपाठ)

काठमाडौँ ।  निर्वाचनको तयारी तीव्र भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीले २५ पृष्ठ लामो दस्तावेज सार्वजनिक गर्दै यसलाई ‘संकल्पपत्र’ नाम दिएको हो।

पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा सार्वजनिक गरिएको संकल्पपत्रमा आगामी कार्यदिशा, नीतिगत प्राथमिकता र चुनावी प्रतिबद्धताहरू समेटिएको जनाइएको छ। राप्रपाले यसपटकको निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक, आर्थिक र सामाजिक मुद्दामा आफ्ना धारणा प्रस्तुत गरेको छ।

राप्रपाले सार्वजनिक गरेको २५ पृष्ठे संकल्पपत्रको पूर्ण पाठ पार्टीले सार्वजनिक माध्यममार्फत उपलब्ध गराएको जनाएको छ।