काठमाडौँ । कपिलवस्तु नगरपालिका–४ छोटकी तौलिहवामा शुक्रबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा १८ वर्षीय युवकको ज्यान गएको छ। तौलिहवा–बहादुरगंज सडकखण्डमा विपरीत दिशाबाट आएका सवारी ठोक्किँदा दुर्घटना भएको हो।
तौलिहवाबाट गोदाहवा जाँदै गरेको लु २५ प ५७५९ नम्बरको डिस्कभर र विपरीत दिशाबाट आउँदै गरेको लु ३३ प ६७८६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका सुपर स्प्लेन्डरका चालक, वडा नम्बर ४ पिपरी निवासी १८ वर्षीय सोनु कोरीको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
घटनामा सुपर स्प्लेन्डरमा पछाडि सवार वडा नम्बर ९ का धिरज बढई र डिस्कभर चालक वडा नम्बर ३ शिवकोटावका अरमान दर्जी घाइते भएका छन्। दुवैको उपचार जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।