Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोशी–३ जमुवामा भारतीय नागरिक हतियार र ब्राउनसुगरसहित पक्राउ

कोशी–३ जमुवामा भारतीय नागरिक हतियार र ब्राउनसुगरसहित पक्राउ

काठमाडौँ । सीमा सुरक्षा कडाइका बीच सुनसरीको कोशी गाउँपालिका–३ जमुवाबाट एक भारतीय नागरिक हतियार र लागुऔषधसहित पक्राउ परेका छन्। निर्वाचन क्षेत्र सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको बिओपी श्रीपुर टोलीले जाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारत, विहारको अररिया जिल्ला, बेला ग्राम पंचायत–४ बस्ने ३६ वर्षीय राम खेलन पासवान रहेका छन्। शुक्रबार बेलुका भारतीय सीमाबाट बीआर ५० एजे ४२२९ नम्बरको मोटरसाइकलमा जमुवातर्फ प्रवेश गर्ने क्रममा सुरक्षा जाँच गर्दा उनी पक्राउ परेका हुन्।

उनको साथबाट जाली नोट, स्वचालित पेस्तोल र त्यसका गोली, करिब १०० ग्राम ब्राउनसुगर बरामद गरिएको छ। साथै केही भारतीय र नेपाली नगद, नाम नखुलेको ६ क्याप्सुल लागुऔषध र ५ ट्याब्लेट निट्राजिपाम पनि फेला परेको सुरक्षा बेशले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।