Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जाजरकोटमा शक्ति बस्नेतका कार्यकर्ताले रास्वपाका समर्थकलाई कुटेको आरोप

जाजरकोटमा शक्ति बस्नेतका कार्यकर्ताले रास्वपाका समर्थकलाई कुटेको आरोप

जाजरकोट। जाजरकोटको नलगाड नगरपालिका–१२ स्थित तल्लु बगरमा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० को कार्यक्रमपछि एक युवकमाथि हातपात भएको घटना सार्वजनिक भएको छ। स्थानीय नगेन्द्र केसीले नेकपाका उम्मेदवार शक्ति बस्नेतलाई प्रश्न गर्न खोज्दा उनका समर्थकहरूले आफूलाई कुटपिट गरेको आरोप लगाएका छन्। केसीका अनुसार उनले बस्नेतसँग अनुमति लिएर प्रश्न सोध्दै भिडियो बनाउन खोज्दा समर्थकहरूले मोबाइल खोसेर भिडियो डिलिट गर्नुका साथै आफूमाथि हातपात गरेका थिए। 


घटना बिहीबारको हो, यहाँ नेकपाको कार्यक्रमको आयोजना गरिएको थियो। त्यहाँ कार्यक्रममा सहभागी भएर सबै सुने। त्यसपछि मलाई केही प्रश्न सोध्न मन लाग्यो। केसीले भने, अनुमति मागेपछि उहाँले प्रश्न सोध्न भन्नुभयो। तर प्रश्न सोध्दै गर्दा कार्यकर्ताहरू एक्कासी आएर हातपात गर्नुभयो, मोबाइल खोसेर भिडियो डिलिट गर्नुभयो,उनका अनुसार कुटपिटका क्रममा अनुहारका विभिन्न भागमा चोट लागेको छ। मेरो अनुहारका विभिन्न भागमा चोटमा लागको छ। उनले भने, मेरा आफन्तहरूले मलाई बचाउनुभयो। नत्र मेरा ज्यान नै लिनेथिए।,
केसीले तत्कालीन माओवादीबाट निर्वाचित वडाध्यक्ष मोहन बहादुर खत्रीले समेत आफूलाई मार्नुपर्छ भन्ने अभिव्यक्ति दिएको दाबी गरेका छन्। वडाध्यक्ष समेतले मलाई मार्ने अभिव्यक्ति दिनुभयो। उनले भने, यसले मलाई दुःख लागेको छ। एउटा सर्वसाधारणले उहाँका उम्मेदवारलाई प्रश्न गर्न नपाइने भयो।


स्रोतका अनुसार कुटपिटमा परेका केसी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का समर्थक हुन्। रास्वपाका उम्मेदवार राघव कार्कीले आफ्ना समर्थकमाथि हातपात भएको घटना स्वीकार गर्दै नेकपाका समर्थकहरूबाट कुटपिट भएको दाबी गरेका छन्। उनले घटनाको छानबिन र कारबाहीको माग गरिएको बताएका छन्। यता, वडाध्यक्ष खत्रीले घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। कार्यक्रममा सहभागी भए पनि हातपातबारे थाहा नभएको उनको भनाइ छ।

त्यस्तै, उम्मेदवार शक्ति बस्नेतले भने कार्यक्रममा कुनै विवाद वा हातपात नभएको दाबी गरेका छन्। सर्वसाधारणका प्रश्नको जवाफ दिएको तर कुनै घटना नभएको उनको भनाइ छ। उनले आफू प्रश्नबाट कहिल्यै नभाग्ने पनि बताए। यसअघि बारेकोटको जिरीमा समेत केही युवाले प्रश्न गर्दा बस्नेत र उनका समर्थकहरूले मोबाइल खोसिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। यस्तै गएराति पनि नेपाली कम्युनिस्ट पार्टी कार्यकर्ताहरूले नलगाड नगरपालिका–६ मा बाटो बन्द गरेको आरोप लगाउँदै नेकपा एमाले निकट युवामाथि कुटपिट गरेका छन्।   कुटपिटबाट ७ जना युवा गम्भीर  घाइते भएका छन्।