काठमाडौँ । झापाबाट काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा भएका छन्। प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
उनीलाई स्वागत गर्न दुर्गा प्रसाईं तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापासहितका समर्थकहरू विमानस्थल पुगेका थिए।
स्थिति नियन्त्रणमा राख्न विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ।