Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

घोषणापत्र सार्वजनिक गर्न एमालेको ढिलाइ, फागुन ३ पछि मात्रै आउने

घोषणापत्र सार्वजनिक गर्न एमालेको ढिलाइ, फागुन ३ पछि मात्रै आउने

काठमाडौँ । निर्वाचन आयोगको समयसीमा नजिकिँदै गर्दा पनि एमालेले चुनावी घोषणापत्र फागुन ३ भित्र सार्वजनिक नगर्ने संकेत दिएको छ। आयोगले सो मितिसम्म घोषणापत्र बुझाउन निर्देशन दिएको भए पनि तयारी अपुग रहेको भन्दै एमालेले त्यसपछि मात्रै सार्वजनिक गर्ने तयारी गरेको हो।

पार्टीका अध्यक्ष केपी शर्मा ओली झापाबाट काठमाडौं फर्किएर घोषणापत्रको मस्यौदा अध्ययनमा जुटेका छन्। केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार अध्यक्षले अध्ययनपछि आवश्यक थपघट र परिमार्जन गर्नुपर्ने भएकाले तोकिएको समयअघि सार्वजनिक गर्न कठिनाइ भएको हो।

‘तयारी तीव्र गतिमा भइरहेको छ, तर फागुन ३ भित्रै सम्भावना न्यून छ,’ अधिकारीले बताएका छन्।