Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

झुम्का कारागारबाट फरार ८ जना धनकुटाबाट पक्राउ

झुम्का कारागारबाट फरार ८ जना धनकुटाबाट पक्राउ

काठमाडौँ । सुनसरीको झुम्का कारागारबाट भदौ २४ गते भागेका आठ जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ।

संखुवासभा–९ का ३० वर्षीय युवराज राई, चौविसे–३ का ३४ वर्षीय सिजन तामाङ, सहिदभूमि–२ का २१ वर्षीय सुरेश शिवा, धनकुटा–६ का २६ वर्षीय अनिल सहनी, सहिदभूमि–७ का संगम माझी, साँगुरीगढी–१ का ३३ वर्षीय बुद्धराज लिम्बू, चौविसे–२ का ४६ वर्षीय रमेश पाङ्मी मगर र धरान–२० का ३२ वर्षीय सागर राईलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी कारागार बुझाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।