Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दर्ता बाहिरको ‘रक्ताम्य जुत्ता’ चिन्ह प्रयोग, जनसेवा पार्टीका उम्मेदवार निकोलस भूसालसँग आयोगको स्पष्टीकरण माग

दर्ता बाहिरको ‘रक्ताम्य जुत्ता’ चिन्ह प्रयोग, जनसेवा पार्टीका उम्मेदवार निकोलस भूसालसँग आयोगको स्पष्टीकरण माग

काठमाडौँ । निकोलस भूसालले दर्ता नभएको ‘रक्ताम्य जुत्ता’ तस्वीर प्रयोग गरी चुनाव प्रचार गरेपछि निर्वाचन आयोगले उनीसँग दुई पटक स्पष्टीकरण मागेको छ।आधिकारिक रूपमा सेतो–कालो जुत्ता चुनाव चिह्न भए पनि जेनजी आन्दोलनको प्रतीकका रूपमा प्रयोग गरिएको उक्त तस्वीरबारे परेको उजुरीपछि आयोगले पुनः स्पष्टिकरण सोधेको हो, भूसालले भने सहमतिमै प्रयोग गरिएको दाबी गरेका छन्।

निर्वाचन आयोगले नेपाल जनसेवा पार्टीका केही उम्मेदवारले आधिकारिक रूपमा दर्ता नभएको चुनाव चिह्न प्रयोग गरी प्रचार गरेको विषयमा स्पष्टीकरण मागेको छ। पार्टीको दर्ता भएको चिह्न सेतो–कालो जुत्ता भए पनि प्रचार सामग्रीमा ‘जेनजी आन्दोलन’सँग जोडिएको रक्ताम्य जुत्ताको तस्वीर प्रयोग गरिएको पाइएको हो।

आयोगका अनुसार रक्ताम्य जुत्ता वास्तविक घटनासँग जोडिएको तस्वीर भएकाले त्यसलाई आधिकारिक चुनाव चिह्नसरह प्रयोग गर्न नमिल्ने स्पष्ट छ। दोस्रो स्पष्टीकरण पनि सन्तोषजनक नभए कारबाही अघि बढाइने चेतावनी दिइएको छ। आयोगले त्यस्तो तस्वीर प्रयोग गरी गरिने प्रचारमा रोक लगाउन सक्ने संकेत दिएको छ।

जेनजी आन्दोलनका घाइते प्रकाश बोहराले प्रतीकको दुरुपयोग भएको भन्दै उजुरी दिएका थिए। भक्तपुर–२ की उम्मेदवार जानुका पाठक (शोभा)ले पनि सोही तस्वीर प्रयोग गरेको पाइएको छ। आयोगले दर्ता र स्वीकृत चिह्नबाहेक अन्य कुनै चिन्ह प्रयोग गरी प्रचार–प्रसार गर्न नपाइने पुनः स्पष्ट पारेको छ।