काठमाडौं । चितवनको इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर प्रदीप महत बलात्कार आरोपमा पक्राउ परेका छन्। जबरजस्ती करणीसम्बन्धी उजुरी परेपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ पुष्टि गर्दै घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। एक प्रहरी अधिकृतका अनुसार उजुरी दर्ता भएपछि महतलाई हिरासतमा राखी कानुनी कारबाही अगाडि बढाइएको छ।