Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

महाशिवरात्रि व्यवस्थापनका लागि गुठी संस्थानले छुट्यायो ४० लाख

महाशिवरात्रि व्यवस्थापनका लागि गुठी संस्थानले छुट्यायो ४० लाख

काठमाडौँ । आउँदै गरेको महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन गुठी संस्थानले ४० लाख रुपैयाँको बजेट सुनिश्चित गरेको छ। संस्थानका अनुसार पर्व सञ्चालनदेखि साधुसन्तको व्यवस्थासम्मका सबै तयारी पूरा भइसकेका छन्।

मंगलबार त्रिपुरेश्वरस्थित प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा मुख्य कानून अधिकृत जनक पोखरेलले यस वर्षको महाशिवरात्रिका लागि कूल ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए। जसअन्तर्गत दाउरा खरिदका लागि ८ लाख रुपैयाँ र पर्व व्यवस्थापनका लागि ३२ लाख रुपैयाँ छुट्याइएको छ।

पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि दाउरा, भोजन व्यवस्था तथा धुनीका लागि आवश्यक स्थान व्यवस्थापन गरिएको गुठी संस्थानले जनाएको छ।