Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सूचना प्रविधि केन्द्रको भ्रष्टाचार मुद्दा स्थगित

सूचना प्रविधि केन्द्रको भ्रष्टाचार मुद्दा स्थगित

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा भएको भनिएको ठूलाे भ्रष्टाचार प्रकरणमा अदालतमा पुगिसकेको मुद्दा सरकारी पक्षबाट स्थगित गरिएको छ। तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध दर्ता भएको मुद्दा विशेष अदालतमा सुनुवाइका लागि तोकिए पनि अगाडि नबढाइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रका लागि ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा मिलेमतोमा गुणस्तरहीन सामग्री आपूर्ति गरी राज्यलाई १५ करोड ८८ लाख ५० हजार रुपैयाँ नोक्सान पुर्‍याएको आरोपसहित मुद्दा दर्ता गरेको थियो। सो मुद्दा विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट र हेमन्त रावलको इजलासमा पेसीमा चढाइएको थियो।

भ्रष्टाचार मुद्दामा तत्कालीन कार्यकारी निर्देशक पौडेलसँगै निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपालका अध्यक्ष अरुण श्रेष्ठ प्रतिवादी छन्।

आर्थिक वर्ष ०७६/७७ मा प्रकाशित बोलपत्रअनुसार तोकिएको स्पेसिफिकेसनभन्दा कम क्षमताको प्रोसेसर जडान गरी भ्रष्टाचार गरिएको अख्तियारको आरोप रहेको छ।