Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देवलमा एक्लै बसोबास गरिरहेकी वृद्धाको हत्या, सुन लुटिएको आशंका

देवलमा एक्लै बसोबास गरिरहेकी वृद्धाको हत्या, सुन लुटिएको आशंका

काठमाडौँ । शैल्यशिखर नगरपालिका–८ देवलमा मंगलबार एक दर्दनाक घटना भएको छ, जहाँ एक ज्येष्ठ महिलाको हत्या गरी लुटपाट गरिएको पाइएको छ। ७१ वर्षीया लक्ष्मी जोशीको शव घरबाहिर फालिएको अवस्थामा फेला परेको हो।

स्थानीय मनोरथ जोशीका अनुसार घरमा एक्लै बस्दै आएकी लक्ष्मी जोशीको टाउकोमा गम्भीर चोट देखिएको छ। घटनापछि उनले लगाएकी साढे तीन तोला सुन हराएको र घरभित्रको बाकस फुटेको अवस्थामा भेटिएकोले लुटपाटपछि हत्या गरिएको आशंका गरिएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरजसिंह भाटको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।