काठमाडौँ । सिरहाको औरही गाउँपालिका–४ मा सहजा खोलामा पुल नबन्दा स्थानीयको आक्रोश चुलिएको छ। पुल निर्माणको माग गर्दै सोमबार बिहान आन्दोलनमा उत्रिएका स्थानीयले प्रधानमन्त्री, प्रमुख जिल्ला अधिकारी (सीडीओ) र ठेकेदारको पुत्ला जलाउँदै विरोध जनाएका छन्।
चार वर्षदेखि पुल निर्माण अलपत्र परे पनि सरोकारवाला निकायले चासो नदेखाएको आरोप स्थानीयको छ। ठेकेदारलाई कारबाही गर्नुको साटो सरकारले बारम्बार म्याद थपेर संरक्षण गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्। प्रदर्शनका कारण हुलाकी सडकसमेत केही समय अवरुद्ध भएको थियो।