काठमाडौँ । वीरगन्जमा अवैध रूपमा सञ्चालित कपडा गोदाममा गरिएको छापाका क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा सोमबार बिहान छापा मार्दा घटना भएको हो।
सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साको सीमा सुरक्षा गुल्म र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले गोदामबाट करिब ७ लाख रुपैयाँभन्दा बढी मूल्यका कपडा बरामद गरेको छ। कपडा नियन्त्रणमा लिएपछि तस्कर समूहले ढुंगामुढा प्रहार गर्दा सशस्त्र प्रहरीका एक वानटन र एक स्कार्पियो गाडीमा समेत क्षति पुगेको छ।
घाइते प्रहरीको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।