काठमाडौँ । काठमाडौं महानगरका निवर्तमान मेयर र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको धुम्बाराहीस्थित चप्पल कारखानास्थित डेरामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकाहरु बाट केही सामानहरु पनि बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ परेकाहरुबाट ल्यापटप, त्यसको चार्ज र भिडियो रेकर्डर बरामद भएको हो ।
पक्राउ परेकामध्ये मनिष राजवाहक (४२) बालाजुका हुन्, जो जेन–जी आन्दोलनको बेला हिरासतबाट भागेका व्यक्ति हुन्।अन्य दुई पक्राउ परेकाहरूमा सिन्धुपाल्चोक, लिसंखुपाखर-६ का खिमबहादुर खड्का (४६) र डोटी, दिपायल-६ का सञ्जय श्रेष्ठ (४५) रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तीनै जनालाई चोरी गर्ने प्रयास गर्दै पक्राउ गरिएको हो।