Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जुममार्फत कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक, तीन महत्त्वपूर्ण एजेन्डामा छलफल

जुममार्फत कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक, तीन महत्त्वपूर्ण एजेन्डामा छलफल

काठमाडौँ । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक आयोजना गर्दैछ। पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक आइतबार बिहान ८:३० बजे जुममार्फत सञ्चालन हुनेछ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकका क्रममा तीन प्रमुख विषयमा केन्द्रित छलफल हुने छ।

एजेन्डामा नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२, तथा केन्द्रीय अनुशासन समिति गठनसम्बन्धी प्रस्ताव रहेका छन्। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले यी विषयहरूमा निर्णयका लागि छलफल गरिने जानकारी दिएका छन्।