Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाली बजारमा सुन–चाँदी सस्तियो, सुन तोलामा ४,२०० रुपैयाँले घट्यो

नेपाली बजारमा सुन–चाँदी सस्तियो, सुन तोलामा ४,२०० रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा शुक्रबार उल्लेख्य गिरावट देखिएको छ। अघिल्लो दिनमै ठूलो कमी आएको सुनको मूल्य आज थप घट्दै प्रतितोला ४,२०० रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा झरेको छ। बिहीबार भने सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज घटेको छ। बिहीबार प्रतितोला ४,९८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४,७१० रुपैयाँमा सीमित भएको छ, जसअनुसार चाँदी प्रतितोला २७० रुपैयाँले सस्तिएको हो।

अन्तर्राष्ट्रिय बजारमा भने शुक्रबार सुन प्रतिऔंस ४,८१३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।