काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईका बुवा भोजप्रसाद भट्टराईको आज अन्त्येष्टि गरिएको छ। ९७ वर्षको उमेरमा आज बिहान उनकाे निधन भएको थियो।
स्वर्गीय भोजप्रसाद भट्टराईको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि सम्पन्न गरिएको हो। पारिवारिक स्रोतका अनुसार अन्त्येष्टि संस्कार नजिकका आफन्तको उपस्थितिमा गरिएको थियो।