काठमाडौं । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड भएको घटना सार्वजनिक भएको छ। बुधबार राति कमल गाउँपालिका–२ मा रहेको कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको हो।
उक्त कार्यालय झापा निर्वाचन क्षेत्र नम्बर–५ मा रास्वपाका वरिष्ठ नेता तथा उम्मेदवार बालेन्द्र शाह (बालेन)को प्रचारप्रसार र भेटघाटका लागि हालै सञ्चालनमा ल्याइएको थियो।
रास्वपाका जिल्ला सभापति प्रकाश पाठकका अनुसार तोडफोडबाट कार्यालयका झ्यालका सिसा फुटेका छन् भने अन्य ठूलो क्षति भएको छैन। घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान थालेको र संलग्न व्यक्तिबारे खुल्न बाँकी रहेको जनाएको छ।
प्रहरीले घटनाको थप विवरण संकलन भइरहेको जनाएको छ।