Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनचाँदीको बजार फेरि अस्थिर, एकै दिन ठूलो गिरावट

सुनचाँदीको बजार फेरि अस्थिर, एकै दिन ठूलो गिरावट

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले स्थिरता पाउन सकेको छैन। अघिल्ला दिनहरूमा तीव्र रूपमा घट्दै आएको सुनको भाउ बुधबार एकाएक १४ हजार ४०० रुपैयाँले बढे पनि बिहीबार फेरि ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेर दुई लाख ९५ हजार २०० रुपैयाँमा झरेको छ।

चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला ६२० रुपैयाँले घटेर चार हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बुधबार चाँदी प्रतितोला पाँच हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन पाँच हजार ७८ अमेरिकी डलरमा र चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।