Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निर्वाचन आचारसंहिता उल्लंघन नभएको दाबी गर्दै महानगरले आयोगलाई दियो स्पष्टीकरण

निर्वाचन आचारसंहिता उल्लंघन नभएको दाबी गर्दै महानगरले आयोगलाई दियो स्पष्टीकरण

काठमाडौँ । काठमाडौं महानगरपालिकाले निर्वाचन आयोगले मागेको स्पष्टीकरणको औपचारिक जवाफ पठाएको छ। निर्वाचन आचारसंहिता २०८२ लागू भएपछि ७० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन सुरु गरिएको विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो।

महानगरले पठाएको जवाफमा उक्त कार्यक्रम नयाँ नभई वार्षिक बजेटबाटै स्वीकृत रहेको स्पष्ट पारेको छ। नगरसभाको १७औँ अधिवेशनबाट आर्थिक वर्ष २०८२/८३ का लागि पारित नीति, कार्यक्रम तथा बजेटको क्रमसंख्या ७७१ अन्तर्गत ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम स्वीकृत भएको उल्लेख गरिएको छ।

निर्वाचन आचारसंहिता २०८२ अनुसार वार्षिक बजेटमा समावेश नभएका नयाँ कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था भए पनि बजेटमै समावेश कार्यक्रम कार्यान्वयन गर्न बाधा नपर्ने महानगरको भनाइ छ। यस आधारमा आचारसंहिताअनुकूल नै कार्यक्रम अघि बढाइएको भन्दै महानगरले आयोगलाई जानकारी गराएको हो।