Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सशस्त्र प्रहरी बलको प्रवक्तामा डीआईजी विष्णुप्रसाद भट्ट

सशस्त्र प्रहरी बलको प्रवक्तामा डीआईजी विष्णुप्रसाद भट्ट

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी डीआईजी विष्णुप्रसाद भट्टलाई तोकिएको छ। यसअघिका प्रवक्ता डीआईजी मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीमा सरुवा भएपछि भट्टलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

नयाँ जिम्मेवारीसँगै डीआईजी भट्टले अब सशस्त्र प्रहरी बलका गतिविधि र आधिकारिक धारणा सार्वजनिक गर्नेछन्।