काठमाडौँ । ललितपुरमा सशस्त्र प्रहरीले पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई ललितपुर बस्दै आएका २२ वर्षीय सुमन तामाङ, रौतहट घर भएका २२ वर्षीय सुशील स्याङतान र सुनसरीको धरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राई रहेका छन्।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। पक्राउ परेकाहरूको साथबाट एकथान पेस्तोल बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धानका लागि उनीहरूलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।