Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालकुमारी पुलमा पिकअपको ठक्कर, उपचारकै क्रममा एक महिलाको गयो ज्यान

बालकुमारी पुलमा पिकअपको ठक्कर, उपचारकै क्रममा एक महिलाको गयो ज्यान

काठमाडौं । ललितपुरको बालकुमारी पुल नजिक सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। पैदल हिँडिरहेकी अन्दाजी ५० वर्षीया महिलालाई शनिबार राति पिकअप भ्यानले ठक्कर दिएको हो।

बा.प्र. ०३–०२६ च १७०६ नम्बरको पिकअपको ठक्करबाट गम्भीर घाइते भएकी ती महिलालाई तत्काल उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

नामथर खुल्न नसकेकी महिलाको शव अस्पतालमै राखिएको छ। दुर्घटनामा संलग्न पिकअप चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।