काठमाडौँ । आगामी निर्वाचनमा प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाह (बालेन) को प्रचार कार्यक्रममा संलग्न चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ। ग्रान्डी अस्पतालका अनुसार उनको १२ बजेर ४५ मिनेटमा मृत्यु भएको हो।
४५ वर्षका सिटौलाले अछाममा बालेनको प्रचारमा सहभागी हुँदा अचानक बेहोस भई ढलेका थिए। उनलाई तत्काल नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।
चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष सिटौलाले फिल्म अनलाईन “द सिनेमा टाइम्स” पनि सञ्चालन गर्दै आएका थिए। अन्तिम श्रद्धाञ्जली चलचित्र विकास बोर्डमा दिउँसो २:३० देखि ३:०० बजे सम्म राखिनेछ।
