काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१६ की २७ वर्षीया सुमित्रा थापा रहेका छन्। दुर्घटनामा स्कुटर चालक २७ वर्षीय पुरन मगर घाइते भएका छन्।
घाइते मगर हाल दमौलीस्थित प्रदेश अस्पतालमा उपचाररत छन्। उनीहरू पोखराबाट दमौलीतर्फ यात्रा गर्दै थिए।