Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उपचारका लागि अस्पतालमा भर्ना

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उपचारका लागि अस्पतालमा भर्ना

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रुघा, खोकी र ज्वरोका समस्या देखिएपछि बुधबार उपचारका लागि अस्पताल भर्ना भएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका नेता नेपाललाई त्यहाँ क्याबिन उपलब्ध नभएको कारण मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। उपचार भने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकहरूले गरिरहेका छन्। अस्पतालका अनुसार उनलाई रुघा, खोकी, ज्वरोसँगै सास फेर्न गाह्रो हुने समस्या देखिएको छ।

बिहीबार बिहान उनका स्वास्थ्यबारे जानकारी लिन पार्टी संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरू अस्पताल पुगेका थिए।

यसैबीच, त्रिवि शिक्षण अस्पतालको भीआईपी क्याबिन नम्बर ६०१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भर्ना रहेका छन्।