Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

संसद् पुनःस्थापना सम्बन्धी रिटमा छिटो फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद सर्वोच्च जाँदै

संसद् पुनःस्थापना सम्बन्धी रिटमा छिटो फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद सर्वोच्च जाँदै

काठमाडौँ । संसद् पुनःस्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने भएका छन् । जेनजी आन्दोलनपछि नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते संसद् विघटन गरेका थिए। त्यससँगै सरकारको सिफारिसमा आगामी फागुन २१ गते निर्वाचन तोकिएको थियो। 

त्यसका विरुद्ध गत मंसिर २३ गते प्रतिनिधि सभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेको नेतृत्वका निवर्तमान सांसदहरूले सर्वोच्च अदालत रिट दायर गरेका थिए। अहिलेसम्म त्यसको सुनुवाई नभएपछि डेलिगेसन लिएर बिहीबार सर्वोच्च अदालत जान लागेको घिमिरेले बताए।