Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधि सभा चुनावको दौडमा जनमोर्चा अगाडि, तीन खण्डमा विभाजित घोषणा पत्र सार्वजनिक

प्रतिनिधि सभा चुनावको दौडमा जनमोर्चा अगाडि, तीन खण्डमा विभाजित घोषणा पत्र सार्वजनिक

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय जनमोर्चाले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। जनमोर्चा चुनावी घोषणा पत्र सार्वजनिक गर्ने पहिलो राजनीतिक दल बनेको हो।

बुधबार बुटवलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष चित्रबहादुर केसी, कार्यवाहक अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष दुर्गा पौडेल र जनकराज शर्मा तथा महासचिव मनोज भट्टले संयुक्त रूपमा घोषणा पत्र सार्वजनिक गरेका हुन्।

महासचिव मनोज भट्टका अनुसार घोषणा पत्र तीन खण्डमा विभाजित छ।

पहिलो खण्डमा अध्यक्ष केसीको अपील समेटिएको छ, जसमा जनमोर्चालाई किन मतदान गर्ने भन्ने स्पष्ट पारिएको छ।

दोस्रो खण्डमा जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थाको विश्लेषण गरिएको छ। जनमोर्चाले कुशासन र भ्रष्टाचारकै कारण भदौ २३ गते जेनजी आन्दोलन भएको र त्यसलाई विदेशी शक्तिको आडमा हिंसात्मक बनाइएको आरोप लगाएको छ।

तेस्रो खण्डमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित मुद्दा समेटिएका छन्। कालापानीलगायत भारतद्वारा अतिक्रमित भूभाग फिर्ता, एमसीसी खारेजी, एसपीपी सम्झौता नगर्नुपर्ने माग घोषणा पत्रमा उल्लेख छ।