काठमाडौं । काठमाडौं प्रहरीले सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गालीगलौज गरेको आरोपमा युवराज पौडेललाई पक्राउ गरेको छ। उनीमाथि महान्यायाधिवक्ता र कार्यालयसम्बन्धी नकारात्मक सामग्री पोस्ट गरेको आरोप छ।
महान्यायाधिवक्ताको कार्यालयले माघ ८ गते प्रहरीलाई पत्र पठाएर कानुनी कारबाही गर्न अनुरोध गरेको थियो। पत्र प्राप्त भएलगत्तै सामाजिक सञ्जालमा अपशब्दपूर्ण भिडियो पोस्ट गरेको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट तीन दिनको अनुसन्धान म्याद थप गरेको जनाएको छ।
