Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फागुन २१ को निर्वाचनका लागि भारत सरकारद्वारा उपलब्ध गराइएका गाडी सिंहदरबारमा संकलन

फागुन २१ को निर्वाचनका लागि भारत सरकारद्वारा उपलब्ध गराइएका गाडी सिंहदरबारमा संकलन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले उपलब्ध गराएका सवारीसाधन सिंहदरबारमा संकलन गरिएको छ। निर्वाचन व्यवस्थापनमा प्रयोग हुने ती गाडीहरू चरणबद्ध रूपमा नेपाल आइपुगिरहेका छन्।

भारतीय दूतावासले गत मंगलबार आयोजित कार्यक्रममा ६१ वटा क्याबिन पिकअप भ्यान नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो। त्यसपछि हिजो थप ५४ वटा गाडी सिंहदरबार ल्याइए पनि ती सवारीको औपचारिक हस्तान्तरण प्रक्रिया भने अझै बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले निर्वाचन प्रयोजनका लागि अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग सवारीसाधन सहयोगको अनुरोध गरेको थियो। सोही अनुरोधअनुसार पहिलो चरणमा गाडी उपलब्ध गराइएको हो।

यस निर्वाचनका लागि भारत सरकारले साना तथा ठूला गरी करिब ६५० वटा सवारीसाधन सहयोग गर्ने बताइएको छ। नेपाल सरकारलाई जिम्मा लगाएपछि ती गाडीहरू आवश्यकता अनुसार विभिन्न निर्वाचन निकाय र स्थानमा पठाइने गृह मन्त्रालयले जानकारी दिएको छ।