Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ तीव्र, सुरक्षा व्यवस्था कडा

प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ तीव्र, सुरक्षा व्यवस्था कडा

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले मतपत्र छपाइको काम तीव्र बनाएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका सबै मतपत्र छपाइ सकिएको छ भने प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया सुरु भइसकेको आयोगले जनाएको छ।

जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा नेपाली सेनाको कडा सुरक्षा घेराभित्र मतपत्र छपाइ भइरहेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार समानुपातिकतर्फ कुल २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ।

आयोगले फागुन ५ गतेभित्र सबै मतपत्र सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्‍याइसक्ने लक्ष्य राखेको छ। मतदान अधिकृतहरूले कानुनअनुसार मतदानकै दिन मात्र सिल गरिएको मतपत्र खोल्न पाउने व्यवस्था गरिएको छ। मतपत्र ढुवानी पनि उच्च सुरक्षा सतर्कताका साथ गरिने आयोगले स्पष्ट पारेको छ।

प्रत्यक्षतर्फको मतपत्र छपाइ १५ दिनभित्र सम्पन्न हुने अनुमान गरिएको छ।