Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

खगेन्द्र सुनारले दिए स्पष्टिकरण

खगेन्द्र सुनारले दिए स्पष्टिकरण

काठमाडौँ । रास्वपाका नेता खगेन्द्र सुनारको गाई काटेर खान पाउनुपर्ने भनी दिएको अभिव्यक्ति निकै आलोचित र विवादित बनेपछी एक भिडियो बनाएर स्पष्टिकरण दिएका छन्। खगेन्द्रले भनेका छन्  म शुद्ध साकाहारी हुँ ! कुनै पनि पशुपंक्षी हत्याको पक्षमा छैन !

सबैको धार्मिक आस्था र सामाजिक सद्भावको सम्मान गर्दछु ! पछिल्लो समय सामाजिक सञ्जालमा प्रविधिको प्रयोग गरी मेरो फोटो/भिडियो हालेर राष्ट्रिय जनावर गाई खानुपर्छ भन्ने भावको अडियो सार्वजनिक गरी बदनाम गराउने विपक्षीको क्रियाकलाप प्रति हामी सचेत छौं ! भाई मारेकाले गाईको मुद्दा उठाएर भाईको मुद्दा दबाउन खोज्दैमा हामी भाग्दैनौं ! साकाहारी जोगीलाई मासुको आरोप सुहाउँदो भएन ! भिडियो सत्य हैन !

राष्ट्र र राष्ट्रियता प्रति सदैव प्रतिबद्ध छु !देशको जय होस् ! धन्यवाद !!नमस्कार, जय नेपाल !!! उनले आफुले गाई काटेर खान पाउनुपर्छ नभनेको बरु चुनावको समयमा आफुलाई आलोचित र विवादित बनाउन लागिपरेकाले फेक अडियो राखेर भिडियो बनाएको जिकिर गरेका छन्। 

केहि समय अघि राप्रपाका महामन्त्री शरदराज पाठकले रास्वपा उम्मेदवार खगेन्द्र सुनारले गाई काटेर खान पाउनुपर्ने भनी दिएको अभिव्यक्तिबारे सम्बन्धित पार्टीको धारणा माग गरेका छन्।  बाँके ३ बाट रास्वपा उम्मेदवार बनेका अभियन्तासमेत रहेका सुनारले हालै सार्वजनिक माध्यमहरुबाट यदि खसी (मटन) खान पाइने हो भने गाई काटेर खान पनि पाउनुपर्ने भनिएको भिडियो बाहिरिएको थियो।  

महामन्त्री पाठकले सुनारको अभिव्यक्तिबारे रास्वपाले आफ्नो धारणा प्रष्ट पार्नुपर्ने भन्दै वक्तव्य जारी गरेका छन्  ।