Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

वीरेन्द्रनगरमा इभी गाडीसँग ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गयो

वीरेन्द्रनगरमा इभी गाडीसँग ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गयो

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा ४२ वर्षीय पदमबहादुर बिसीको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नेपालगञ्जतर्फ जाँदै गरेको इभी गाडीसँग विपरीत दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। मृतक बिसी वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका बासिन्दा हुन्।

दुर्घटनापछि इभी गाडी चालक, वीरेन्द्रनगर नगरपालिका–७ का ४४ वर्षीय बालकृष्ण रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।