Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उम्मेदवारीपछि पहिलोपटक सर्लाही जाँदै गगन थापा

उम्मेदवारीपछि पहिलोपटक सर्लाही जाँदै गगन थापा

काठमाडौं । उम्मेदवारी दर्ता भएको झण्डै एक साता पछि नेपाली कांग्रेसका सभापति गगन थापा आफ्नै निर्वाचन क्षेत्रमा पुग्ने भएका छन्। वारेसमार्फत माघ ६ गते उम्मेदवारी दर्ता गराएका थापा सोमबार सर्लाही–४ प्रस्थान गरेका हुन्।

उनी आज बिहान काठमाडौँबाट सिमरा हुँदै रौतहटको चपुरमार्ग भएर सर्लाही पुगेका छन्। बागमती पुल गेटमा उनलाई स्वागत गर्ने कार्यक्रम मधेश प्रदेश कांग्रेसले तय गरेको छ।

मधेश कांग्रेसका प्रचार–प्रसार प्रमुख नितिश कुमार गुप्ताका अनुसार थापा चार दिन सर्लाहीमै रहनेछन्। यस अवधिमा पार्टीका नेता–कार्यकर्तासँग आन्तरिक छलफल गर्नुका साथै फागुन ७ गते जनकपुरमा हुने प्रदेशस्तरीय सभाबारे पनि संवाद गरिनेछ।

सर्लाही–४ मा थापाको उम्मेदवारीसँगै चुनावी गतिविधि चर्किएको छ। यस क्षेत्रमा अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिस्पर्धामा उत्रिएका छन्।