Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेता सन्तोष परियार वैवाहिक बन्धनमा बाँधिए

नेता सन्तोष परियार वैवाहिक बन्धनमा बाँधिए

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले आफ्नो व्यक्तिगत जीवनको नयाँ अध्याय सुरु गरेका छन्। उनले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका–१७ निवासी सर्मिला मित्रकोटीसँग कानुनी रूपमा विवाह गरेका हुन्।

परियारका अनुसार लामो समयदेखिको आपसी सम्बन्धलाई औपचारिक रूप दिँदै उनले प्रेमलाई विवाहमा परिणत गरेका हुन्। अदालतमा सम्पन्न विवाह कार्यक्रम शान्त र साधारण ढंगले गरिएको बताइएको छ।