काठमाडौँ । बालेन शाहलाई जसरि पनि प्रधानमन्त्री बनाउनुपर्छ भन्दै आशिका तामाङ्ग निकै सक्रिय देखिएकी छन्। केहि समयअघि बालेन शाहसंग भेटवार्ता गरेर निस्किएकी आशिकाले बालेन शाहले आफुलाई समर्थन गर्ने प्रतिवाद्द्ता गरेको सुनाएकी छन्।
उनले भनेकी छन् बालेन शाह एकदम पोजिटिभ मान्छे हो मलाई धादिंङ्ग बाट चुनाव लड्न समर्थन गर्छु भन्नुभएको छ र म पनि उहालाई समर्थन गर्न तयार छु। उनले यतिबेला देश घन्टीमय भएको र यो चुनावमा सबैले घन्टी अर्थात रास्वपामा भोट हाल्न उनले आग्रह पनि गरेकी छन्। सामजिक अभियान्ताका रुपमा निकै सक्रिय रुपमा काम गरिरहेकी आशिका स्वतन्त्र बाट चुनाव उठ्ने तयारीमा थिइन्। तर पछी उनले रास्वपाबाट चुनाव लड्ने निधो गरि रास्वपा प्रवेश गरिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट धादिङ निर्वाचन क्षेत्र नम्बर–१ मा उमेदवार बनेकी आशिका तामाङ यतिबेला घरदैलो अभियानमा व्यस्त छिन । जर्मनी नागरिक संग विवाह गरेर लामो समय जर्मन बसेकी आशिका पछिल्लो केहि समययता नेपाल मै छिनं। एक छोरा र एक छोरी सहित उनि नेपाल फर्किएकी हुन्। नेपाल फर्किएलगतै उनि देश बनाउने अभियानमा लागेकी थिइन्। र अब भने उम्मेद्वारी घोषणा गरेरै उनि देश विकास गर्ने योजनासहित लागिपरेकी छन्।
उम्मेद्वारी घोषणा गरेसंगे उनीसंग जर्मनको पिआर भएको भन्दै विवादित पनि बनाउन खोजियो तर यस बिषयमा उनले स्पस्त्करण दिदै आफुसंग पिआर नभएर टीआर मात्रै भएको जुन नेपाल आएको ३ महिना पछी स्वत खारेज हुने कुरा बताएकी थिइन्। उनी जर्मनीको बसाइ छोडेर चुनाव लड्ने ध्येयसहित नेपाल आएकी हुन् । उनले धादिङमा थुप्रै सामाजिक काम पनि गरेकी छन् ।
धादिङ–१ मा धुनिबेसी नगरपालिका सहित बेनीघाट रोराङ, सिद्धलेक, गजुरी, गल्छी र थाक्रे गाउँपालिका पर्दछन् । एमालेको पकड रहेका केही क्षेत्रमा यो पटक कांग्रेस र नेकपा तथा रास्वपाका उम्मेदवारले चुनौती दिने देखिन्छ । यस क्षेत्रमा एमालेबाट भूमि त्रिपाठी, कांग्रेसबाट कृष्ण रिजाल, नेकपाबाट राजेन्द्र पाण्डे, रास्वपाबाट आशिका तामाङ, राप्रपाका गीताप्रसाद आचार्य, नेमकिपाकी चन्द्रादेवी वासुकला र अन्य स्वतन्त्र उम्मेदवारहरूले पनि आ–आफ्नो प्रभाव जमाउने प्रयास गरिरहेका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजनप्रसाद रेग्मी, श्रम संस्कृति पार्टीबाट प्रलाद सिलवाल, नेशनल अर्गनाइजेशन पार्टीबाट रिन्छेन तामाङ र उज्यालो नेपाल पार्टीबाट श्यामराज पाण्डे उम्मेदवार बनेका छन् । सोही क्षेत्रमा संयुक्त नागरिक पार्टीबाट डम्बरबहादुर लिम्बु र आम जनता पार्टीबाट जाल्पा देवी रेग्मीले पनि उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारहरूमा हरि भण्डारी, राजेश भट्टराई, निरञ्जन सन्जेल, ध्रुवप्रसाद पाण्डे, धर्मराज नेपाल, दीपक तामाङ र तपन उप्रेती रहेका छन् ।
विगतका निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रुपमा रहेका नेतालाई नयाँ उत्साहका साथ चुनावी मैदानमा उत्रिएका युवा नेताले टक्कर दिने निश्चित देखिएको हो । पुराना प्रतिस्पर्धी बिचको भिडन्तमा कांग्रेसका कृष्ण रिजाल र रास्वपाकी आहिका तामाङको उम्मेदवारीले यस क्षेत्रको निर्वाचनलाई थप रोचक बनाएको छ ।