Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पब्लिक डिबेटका लागि तयार छु : केपी ओली

पब्लिक डिबेटका लागि तयार छु : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको जनाएका छन् । आइतबार फेसबुकमा गरेको पोस्टमा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको उल्लेख गरेका हुन् ।

नयाँ र पुराना दलहरू पार्टीको तर्फबाट प्रधानमन्त्रीको उमेदवार घोषणा गर्दै चुनावमा होमिएको स्थितिमा सार्वजनिक वृत्तबाट त्यस्तो माग आएकोमा आफू सकारात्मक रहेको ओलीको भनाइ छ ।

"देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र  खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ," ओलीले भनेका छन्, "यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के-के गर्‍यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु ।"