काठमाडौँ । कांग्रेसका सभापति गगन थापाले आफूले राजनीतिमा सजिलो बाटो छोडेर अप्ठ्यारो बाटो रोज्ने गरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित सर्लाहीका नेता तथा कार्यकर्ताहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले परिवर्तन ल्याउन आफूले जोखिमपूर्ण र कठिन बाटो रोजेको बताएका हुन्।
थापाले यसपटकको आम निर्वाचनमा उम्मेदवार चयन गर्दा कांग्रेसभित्र ठूलो सुधार र परिवर्तनको महसुस गरिएको दाबी गरे। विगतका अनुभवहरूलाई चिर्दै यसपटक टिकट वितरण निष्पक्ष भएको उनको भनाइ थियो।