रास्वपाले डा.बाबुराम भट्राईलाई फोन गर्दै तपाईं अभिभावक हो, कवीन्द्रलाई सहयोग गरिदिनुस् भन्ने बिषय बाहिरिएको केही बेरमै बाबुराम भट्राईले गोरखा २ मा रहेको आफनो उम्मेदवारी एकाएक फिर्ता लिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईसँग चुनावी सहयोगको अपिल गरेर सहयोग मागे र त्यो सहयोग बाबुराम भट्राईले गरे । तर त्यो सहयोग पछि बाबुराम भट्राई केही अफर अथवा प्रस्ताब भने पक्कै थियो भनेर अहिले राजनितिक बृत्तमा बहस भईहरेको छ । खासमा भट्टराईले गोरखा २ मा उम्मेदवारी दिएपछि अरु दलहरू पनि डराईरहेका थिए ।
सोही क्षेत्रबाट रास्वपाले महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ । भने एमालेबाट चक्रे मिलन, कांग्रेसका प्रकाशचन्द्र दवाडी चुनावी मैदानमा छन् । यसैसन्दर्भमा राजधानी दैनिकले लेखेको छ ‘भा वी राष्ट्रपति’ का रूपमा प्रस्ताव गरिएपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । रास्वपाले भट्टराईलाई ‘राष्ट्रपतिको आश्वासन’ दिएपछि कुरा मिलेर उनले एकल निर्णयमा छोडेको बुझिएको छ ।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा पनि नेपाल समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दिने तयारी गरेकोमा अन्तिम समय आएर तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री एवं राजनीतिक सहयोद्धा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्दै क्षेत्र खाली गरिदिएका थिए ।
यसपटक पनि प्रचण्डले भट्टराईलाई फोन गरेर ‘आफ्ना उम्मेदवार लेखनाथ न्यौपानेलाई समर्थन गरेर फिर्ता लिइदिन र आफूहरूको राजनीतिक अभिभावक बन्न’ आग्रह गरेका थिए । सम्भवतः प्रचण्डको आग्रह पनि आफूसहित सहभागी हुने चुनावपछाडिको राजनीतिक अवस्थामा भट्टराईलाई राष्ट्रपतिकै भूमिकामा प्रस्ताव गरिएको छ पूर्वप्रधानमन्त्री भट्टराईले पनि नयाँ पुराना सबै राजनीतिक दल तथा उम्मेदवारले अभिभावक बनिदिन आग्रह गरेको भिडियोमै स्वीकारेका छन् । संरक्षकका नाममा राष्ट्रपतिको प्रस्ताव आएको विषयलाई घुमाउरो हिसाबले भट्टराईले स्वीकारेका छन् ।
भिडियो सम्बोधनमा भट्टराईले भनेका छन्, ‘विभिन्न किसिमले भोलि देशको अभिभावकीय जिम्मेवारी लिनुपर्ने सम्भावनाको प्रस्तावसहित वैकल्पिक राजनीतिक अभियान चलाउँदै आएका नयाँ र पुराना साथीहरूबाट आएको प्रस्तावअनुसार उम्मेदवारी फिर्ता गरेको हुँ ।’ गोरखा क्षेत्र–२ मा नेकपा एमालेबाट चक्रे मिलन, कांग्रेसका प्रकाशचन्द्र दवाडी र रास्वपाबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी चुनावी मैदानमा छन् ।