राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व शिक्षामन्त्री महावीर पुनलाई सघाउने भएको छ।रास्वपा स्रोतका अनुसार पार्टीले म्याग्दीका आफ्ना उम्मेदवार फिर्ता बोलाएर पुनलाई समर्थन गरेको छ । म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार युवराज रोकाले आफ्नो समर्थन महावीर पुनलाई रहेको बताएका छन् ।
शनिबार म्याग्दीको वीरेन्द्रचोकमा स्वतन्त्र उमेदवार महावीर पुनले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर रोकाले आफ्नो समर्थन पुनलाई रहेको बताएका हुन् । तर, उनको उमेदवारी भने कायमै छ । पुन त्रिभुज चुनाव चिह्नबाट निर्वाचन लड्दै छन् । पुनले चुनाव लड्न शिक्षामन्त्री पदबाट राजीनामा नै दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।