Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रचण्डले चुनावको मुखैमा प्रभाबशाली सात नेतालाई पार्टीबाट हटाए

प्रचण्डले चुनावको मुखैमा प्रभाबशाली सात नेतालाई पार्टीबाट हटाए

पार्टीको आधिकारिक निर्देशनभन्दा बाहिर गएर उम्मेदवार, प्रस्ताव र प्रचारमा हिँडेको भन्दै नेपाली कम्युनिस्ट पार्टीले ७ जनालाई पार्टीबाट निष्कासन गरेको छ।

नेता हरिबोल गजुरेलसहित नेकपाले उनीहरुलाई कारबाही गरेको हो। कारबाही पर्नेहरुमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिराहा धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्। धर्मनाथ नेकपा छाडेर सिराहा ४ मा एमालेबाट उम्मेदवार बनेका छन्।

केसीले दाङ १ मा बागी उम्मेदवारी दिएका छन्। पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि उनले बागी उम्मेदवारी दिएका थिए। आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका तपसिलका व्यक्तिहरूलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको जानकारी गराइन्छ, पार्टीबाट जारी विज्ञप्तिमा भनिएको छ ।  

कारबाहीमा पर्नेमा गजुरेलसहित, महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर),धर्मनाथ साह  (सिराहा), राजकुमारी साह (सिराहा), जिवछ साह (सिराहा) रहेका छन् । दाहालले सिन्धुली २ बाट र केसीले दाङ १ बाट उम्मेदवारी दिएका थिए । सिन्धुली २ मा महेश्वर दाहाललाई बागी उम्मेदवार बनेका छन्। उनलाई नेता गजुरेलले साथ दिएका छन्। त्यहाँ नेकपाले राजन दाहाललाई उम्मेदवार बनाएको छ।

संयोजक पुष्कमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालले हरिबोललाई पत्रै पठाएर उम्मेदवारी फिर्ता गर्न भनेका थिए।उम्मेदवारी फिर्ताका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो। त्यस अवधिमा उम्मेदवारी फिर्ता नभएपछि शनिबार संयोजक प्रचण्ड र सह–संयोजक माधव नेपालले कारबाही गरिएको सूचना जारी गरेका हुन्।दाङमा नेकपाले मेटमणि चौधरीलाई उम्मेदवार बनाएको थियो। त्यसमा असन्तुष्ट पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले उम्मेदवारी दिएका थिए। उनलाई पनि शनिबार पार्टीबाट निस्कासन गरेको हो।