बालेन शाह आज आफनो चुनावी अभियानलाई लिएर तेह्राथुम पुग्दा त्यहा बालेन दाई हाई हाईको नारा गुन्जियो साथमा ,घण्टी बजाउदै रास्वपाका कार्यकर्ता समर्थकहरुले भब्य स्वागत गरेका छन । बालेन संखुवासभा पुग्दा बालेनलाई हेर्नको लागि बाटोभरि थुप्रै समर्थक कार्यकताहरु बाटो भरि खादा लिएर उभिएका थिए ।
जब बालेनको सखुवासभामा ईन्ट्री भयो तब बालेन दाई हाई हाईको नारा चर्किन थाल्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार (बालेन) अहिले पूर्बी जिल्लाहरुमा आफनो चुनावी अभियानलाई बढाईरहेका छन । बालेनलाई अहिले देख्नै र फोटो खिच्नेको भिड बाटोभरि लाग्ने गरेको छ । यस क्रममा उनी इलाम, पाँचथर, ताप्लेजुङपछि तेह्रथुम हुँदै आज (शनिबार) बिहानै संखुवासभा पुगेका हुन ।
संखुवासभामा बालेनले रास्वपा उम्मेदवार मिङ्मा शेर्पासँग भेटघाट तथा छलफलपछि स्थानीयसँग फोटो खिचाएका थिए।त्यसअघि उनी शुक्रबार साँझ तेह्रथुमको म्याङ्लुङ बजारमा बसेका थिए। शनिबार बिहान त्यहाँ रहेको म्याङ्लुङ देवीको दर्शनपछि उनी संखुवासभाको चैनपुरतर्फ लागेका थिए। बालेनको सचिवालयका अनुसार तेह्रथुमको वसन्तपुरमा गाडीबाट ओर्लिएर उनले चोलुङ पार्कको गरे अवलोकन गरेका थिए।
त्यसपछि हिँड्दै उनी चैनपुर पुगेका थिए।चैनपुरपछि बालेन फर्किएर धनकुटातर्फ लागेका छन्। उनले धनकुटामा पनि छोटो भेटघाट राखेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्न झापा–५ मा उम्मेदवारी दर्ता गराएका काठमाडौँका पूर्वमेयर बालेन आफ्नो पार्टीका उम्मेदवारको हौसला बढाउन पूर्वका जिल्ला घुमिरहेका हुन्।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी अभियानलाई कागजी बहसमा सीमित नराखी प्रत्यक्ष अनुभूतिमा आधारित बनाउनुपर्ने बताएका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाहले तेह्रथुम पुगेर म्याङ्लुङको देवीथान क्षेत्रमा स्थानीय मतदातासँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन् ।