काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज भएको हो । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार उनको उम्मेदवारी बदर गर्ने निर्णय गरेको हो।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय काटेका र पछि राष्ट्रपतिबाट आममाफी पाएका चौधरीको उम्मेदवारीका विरुद्धमा उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले कानुनी प्रावधानलाई टेक्दै यस्तो फैसला सुनाएको हो।