Shares
Shares
नेकपा (माओवादी )का केन्द्रीय सदस्य एवम् दार्चुला जिल्ला इन्चार्ज ई. नवराज भट्ट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फागुन २१ गतेको चुनावका लागि प्रत्यक्ष तर्फ उम्मेदवार मनोनयन दर्ता गराएका छन् । नेकपा ( माओवादी )भित्र मात्रै हैन, दार्चुला जिल्लाको राजनीतिक वृत्तमै चासो छ, नेपाली राजनीतिका कुटिल खेलाडीसमेत रहेका ई.भट्टले के नेकपा एमालेका गणेश ठगुन्नालाई पराजित गर्लान् ? गणेश ठगुन्नालाई चुनौती दिँन प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका ई.भट्ट अखिल (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षको जिम्मेवारी समेत निर्वाह गर्दै राजनीतिमा उदाएका पात्र हुन् ।
ई. नवराज भट्ट नेपालका राजनीतिज्ञ एवम् नेकपा (माओवादी) नेता हुन्। प्रखर वक्ता भट्ट विध्यार्थी आन्दोलन मार्फत राजनीतिक बृत्तमि चिनिएका हुन्। २०५० सालमा दार्चुला जिल्लाको मार्मा मटेलामा जन्मिएका नेता भट्टको वाल्यकाल जनयुद्दको बखतमै स्कुल जिवनमै बित्यो । २०६२ मा अखिल (क्रान्तिकारी ) लटिनाथ स्कुलको सदस्य मार्फत विद्यार्थी राजनिती सुरु गरेका नेता भट्ट २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा जिल्लाका विभिन्न ठाउँमा प्रचारप्रसारमा सहभागी भएका थिए । आफ्नो उच्च शिक्षा हासिल गर्न काठमाडौ हुँदै पोखरा लागेका नेता भट्टले पोखरा विश्वविध्यालयको शैक्षिक रुपान्तरणका लागि उल्लेखनिय भुमिका निर्वाह गरेका थिए ।
स्कुल अफ इन्जिनियरिङको अध्यक्ष , इन्चार्ज हुँदै पोखरा विश्वविध्यालय कास्की जिल्लाको सचिव , अध्यक्ष हुँदै इन्चार्ज भएर २०७२ सालमा अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । पोखरा विश्वविध्यालयको शैक्षिक रुपान्तरण गर्न नेता भट्टले साहासिक नेतृत्व प्रदान गरेका थिए । विश्वविध्यालयका चारवटै फ्याकल्टि Faculty of Science and Technology , Faculty of Management Stidies , Faculty of Health Sciences , Faculty of humanities and Social Sciences र चारवटै आङ्गिक क्याम्पसको School of Engineering , School of Business , School of Health and Allied Sciences र School of Social Engineering को Infrastructure Development गर्ने अभियानको विध्यार्थी आन्दोलनको नेतृत्व नेता भट्टले गरेका थिए । विश्वविध्यालयको Infrastucture Development ,Engineering , Management, Health Sciences Program को समय सापेक्षित Curriculum Revised , Micro Syllabus को निर्माण , E-Library को स्थापना , नेपालकै सबैभन्दा ठूलो प्रत्येक बर्ष प्रदान गरिने झण्डै १ अरब बराबरको छात्रवृत्तिको व्यवस्था, बिश्वविध्यालयको पारापेट सहितको आफ्नै खेल मैनाद निर्माण गर्न सङ्गठनको इन्चार्जको हैसियतले ईन्जिनियर भट्टले नेतृत्वदायि भुमिका निर्वाह गर्दै कार्यान्वयन गराएका थिए । विश्वविध्यालय प्रशासनले विश्वविध्यालय र Students को सुनौलो भबिस्यको ग्यारेन्टी गर्न Intake र Phaseout समयमै गराउन पर्छ भन्दै पटक पटक Board परीक्षा सार्ने प्रवृत्तिको अन्त्य गर्न स्वयम नेता भट्टले एक्लै Board Exam दिएर महिनौं Board परीक्षा सार्ने प्रणालिको अन्त्य गराउन सफल भएका थिए र बोर्ड Exam भएको ३ महिना भित्रमा नतिजा प्रकाशन गर्ने व्यवस्था लागू गराएका थिए ।
बिश्वविध्यालयको आफ्नै आङ्गिक Medical College स्थापना गर्ने , सातवटै प्रदेशमा आङ्गिक कलेज स्थापना गर्न पटक पटक आन्दोलन गर्दै विध्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए फलस्वरूप आफ्नै Constitutional Medical College , Constitutional Provincial College स्थापना भएको छन । नेता भट्ट २०६२ सालमा (क्रान्तिकारी) साधारण सदस्य लिदै,२०६८ स्कुल अफ इन्जिनियरिङको इन्चार्ज, २०६९ मा जिल्ला सचिव ,२०७१ मा जिल्ला अध्यक्ष , २०७२ केन्द्रिय सदस्य , सचिवलय सदस्य ,२०७९ केन्द्रीय सचिव एवम् पार्टिको केन्द्रीय सदस्य , २०८१ सालमा अखिल (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।
विश्वविध्यालयहरु राजनीतिकरण गरिनु हुदैन विश्वविध्यालयममा हरेक गतिविधि स्वस्थ्य खुला प्रतिस्पर्धा गरिनु पर्छ भन्दै विश्वविध्यालयका पदाधिकारी राजनितिक भागबन्डा भन्दा माथी राख्दै खुला प्रतिस्पर्धा मार्फत नियुक्ती गर्न प्रधानमन्त्री / शिक्षा मन्त्री लगयात शिक्षा बिदहरु सङ्ग नेता भट्टले Interaction Program विभिन्न चरणमा गरेका थिए फलस्वरूप नेता भट्टले भनेको जस्तै विश्वविध्यालयको शैक्षिक रुपान्तरण गर्न गराउन नेपालको इतिहासमा पहिलो पटक त्रिभुवन बिश्वबिद्धालयको उपकुलपतिको नियुक्ती खुला प्रतिस्पर्धा मार्फत भएको थियो । नेता भट्टले विश्वविध्यालयको कुलपति प्रधानमन्त्री हुनुहुदैन खुला प्रतिस्पर्धा मार्फत प्रागिक व्यक्तित्वहरुबाट चयन गरिनु पर्छ भन्दै आफ्नो आवाज बुलन्द गर्दै आउनु भएको छ ।
नेता भट्टको नेतृत्वमा २०७२ सालको भुकम्प पछि गोर्खाको बारपाक , कास्किको लेखनाथ त्यसै गरि उपत्यकाको कर्णाली मानिने क्षेत्र ललितपुरको इकुडोल क्षेत्रमा १०० औं संख्यामा घर निर्माण कार्य सप्पन्न गरिएको थियो । स्कुल अफ इन्जिनियरिङ्गबाट २०१५ मा ११ बर्ष अघि सिभिल इन्जिनियरिङ्गमा स्नातक अध्ययन पूरा गरेर भट्टले नेपाल इन्जिनियरिङ कलेज बाट Masters Of Science In Transportation Engineering And Management बिषयमा स्नातकोत्तर गरेको हुन । उनले विश्वकै उकृस्ठ विश्वविद्यालय NIST UNIVERSITY बाट Railway Engineering मा PHD Scholarship प्राप्त गरेका थिए २०७० सालको निर्वाचन हुँदै २०७९ सम्मको निर्वाचनको बहिस्कार गर्दै आएका भट्ट जेन्जि बिद्रोह पछी बनेको अन्तरिम सरकारले २०८२ फागुन २१ गरे हुने निर्वाचनमा भागलिन Phd को Scholarship तत्कालका लागि स्थगित गर्दै निर्वाचनमा होमिने निर्णय गर्दै आफ्नो गृहजिल्ला दार्चुला होमिएका हुन ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209