काठमाडौँ । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनसँगै मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो जिम्मेवारीबाट पछि हटेका छन्। पार्टीको विशेष महाधिवेशनपछि गगन थापाले नेतृत्व सम्हालेसँगै उनले पदबाट राजीनामा दिएका हुन्।
सचिव प्रकाश शर्माले बिहीबार केन्द्रीय कार्यसमितिको बैठकबारे सूचना जारी गरेका थिए, जसको कारण यही राजीनामा पनि पुष्टि भएको हो। शुक्रबार पहिलोपटक नयाँ कार्यसमितिको बैठक बस्नेछ र बैठकमा नव निर्वाचित सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गर्ने तयारी छ।